गृहपृष्ठ टावरमा खराबी आउँदा तीन जिल्लामा सञ्चार सेवा अवरुद्ध
टावरमा खराबी आउँदा तीन जिल्लामा सञ्चार सेवा अवरुद्ध
रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको हिमाली क्षेत्र गोतामकोटमा रहेको नेपाल टेलिकमको नमस्ते प्राविधिको टावरमा खराबी आउँदा रूकुमपश्चिमसहित डोल्पा र जाजरकाेटमा समेत सञ्चार सेवा अवरुद्ध भएको छ ।
दुई दिनदेखि अवरुद्ध जाजरकोट पूर्वी क्षेत्र, रुकुमको आठबीसकोटको माथिल्लो भाग र डोल्पाको तल्लो भाग सञ्चार सेवाबाट बञ्चित भएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जले प्राविधिकसहितको टोली आज पठाउने काम सुरु गरेको जनाएको छ ।
सञ्चार सेवा अवरुद्ध हुँदा सेवाग्रही मर्कामा परेका छन् । जाजरकोट पूर्वमा टेलिफोन टावर सञ्चालमा रहँदा पनि राम्रोसँग काम नगर्ने, आवाज नबुझिने र बीच-बीचमै कट्ने समस्या रहेको नलगाड नगर प्रमुख टेकबहादुर रावलले बताए ।
प्रकाशित समय : १७:०५ बजे


















