nmb bank

गृहपृष्ठ एएफसी फुटसल एसियन कप छनोट : नेपाल र अफगानिस्तान भिड्दै

एएफसी फुटसल एसियन कप छनोट : नेपाल र अफगानिस्तान भिड्दै

एएफसी फुटसल एसियन कप छनोट : नेपाल र अफगानिस्तान भिड्दै

एएफसी फुटसल एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज मंगलबार अफगानिस्तानको सामना गर्दैछ । किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा नेपालले आफ्नो अन्तिम  खेलमा अफगानिस्तानको सामना गर्न लागेको हो । खेल नेपाली समयअनुसार १:४५ बजे सुरु हुनेछ ।

नेपाल आज पहिलो जितको खोजीमा हुनेछ । तर, बलियो टोली अफगानिस्तानलाई हराउँन नेपाललाई सहज भने छैन । पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५-१ गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल ताजिकिस्तानसँग ११-१ ले स्तब्ध भएको थियो । लगातार दोस्रो हारसँगै छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह 'बी' मा रहेको नेपाल बाहिरिसकेको छ ।

अफगानिस्तानलाई हराउँदै नेपाल सान्त्वना जित निकाल्ने योजनामा रहेको छ ।

प्रकाशित समय : १६:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु