nmb bank

गृहपृष्ठ नेपालगञ्जको मेयरमा एमालेबाट पशुपति दयाल मिश्र र उपमेयरमा शान्ति ढकाल सिफारिस

नेपालगञ्जको मेयरमा एमालेबाट पशुपति दयाल मिश्र र उपमेयरमा शान्ति ढकाल सिफारिस

नेपालगञ्जको मेयरमा एमालेबाट पशुपति दयाल मिश्र र उपमेयरमा शान्ति ढकाल सिफारिस

एमाले नेपालगञ्ज नगर कमिटीका बैठकले नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा पशुपति दयाल मिश्र र उपमेयरमा शान्ति ढकालको नाम सिफारिस गरेको छ । मिश्र हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूह छाडेर केही दिनअघि मात्रै नेकपा एमालेमा प्रवेश गरेका हुन् । त्यसअघि उनी तराई मधेश लोकतान्त्रिक पार्टीमा थिए ।

मधेश आन्दोलनबाट उदाएका नेता मिश्र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नं‍. २ बाट उम्मेदवार थिए । स्वतन्त्र राजनीतिक समूहका उनी सूर्य चुनाव चिह्नबाट प्रतिस्पर्धा गरे पनि पराजित भए । एमालेमा प्रवेश गरेलगत्तै केन्द्रीय सदस्य बनेका मिश्रलाई मेयरका लागि सिफारिस गरिएको हो ।

प्रकाशित समय : १६:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु