nmb bank

गृहपृष्ठ लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

लुम्बिनी । लुम्बिनी प्रदेशसभा बैठकले ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक’ दफावार छलफलका लागि संसदस्य समितिमा पठाएको छ ।

प्रदेशसभाको आज बसेको १२औँ बैठकले उक्त विधेयक दफावार छलफलका लागि अर्थ, उद्योग तथा पर्यटन समितिमा पठाएको हो । बैठकमा विधेयक माथिको प्रस्ताव उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेका तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले प्रस्तुत गरेका थिए ।

यसैगरी, प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले आजको बैठकमा समितिको वार्षिक प्रतिवेदन सभामा पेस गरेका छन । सातौँ अधिवेशनको १३औँ बैठक सोमबार दिउँसो १ः०० बजे बस्ने जानकारी गराइएको छ । आज बसेको बैठकमा प्रदेशसभा सदस्य रत्नबहादुर खत्रीले बैठकलाई सम्बोधन गर्दै नेपालको शैक्षिक समस्याको मूल जड विद्यार्थी सङ्गठन नभई शिक्षा प्रणाली नै रहेको बताए ।

बैठकमा प्रदेशसभा सदस्यहरु बसिउद्दिन खाँ, मीनाकुमारी श्रेष्ठ, तुलसीराम शर्मा, चन्द्रकेश गुप्ता, भण्डारीलाल अहिर, भगवती अधिकारी, बादशाह कुर्मी र चिन्तामणि पाण्डेले कृषि क्षेत्रमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित समय : १७:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु