५ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०७८ चैत २५ शुक्रवार १६:३८
shares

आज शुक्रबार सुनको भाउ बढेको छ । बिहीबार तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज तेजाबी सुनको भाउ पनि प्रतितोला ५ सयले नै बढेर ९९ हजार रुपैयाँमा पुगेको छ । त्यस्तै, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला १३ सय ५५ रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८५ हजार ३०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८४ हजार ८७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ६२ रुपैयाँ तोकेको छ ।

























