काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नबिल एसएसईअन्तर्गत सामाजिक उद्यम प्रवर्द्धनका लागि सातै प्रदेशमा खुल्यो आवेदन

11.93K
shares

नबिल बैंकले यो वर्षदेखि सञ्चालन गरेको गैरनाफामूलक कार्यक्रम नबिल स्कुल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई)अन्तर्गतको प्रमाणपत्र कार्यक्रमका लागि आवेदन आह्वान गरिएको छ ।

सामाजिक उद्यमशीलता प्रवर्द्धन गर्न सञ्चालन गरिएको नबिल एसएसईअन्तर्गतका फेलोसिप कार्यक्रम र प्रमाणपत्र कार्यक्रममध्ये प्रमाणपत्र कार्यक्रमको पहिलो ब्याचअन्तर्गतको आवेदन आह्वान गरिएको हो । फेलोसिप कार्यक्रम भने यसअघि नै सुरु भइसकेको छ। प्रमाणपत्र कार्यक्रमले मुख्य गरी क्षमता विकास, कृषि, शिक्षा, स्वास्थ्य, स्याहार, कला, समुदायको कल्याण, ऊर्जालगायतका विभिन्न विषयवस्तु र क्षेत्रहरुमा देशभर सामाजिक उद्यमशीलता प्रवर्द्धनलाई जोड दिएको छ।

मानिसलाई सकारात्मक परिवर्तन ल्याउने, समाजिक प्रभाव सिर्जना गर्ने कुनै परियोजनाहरु वा सोचलाई उद्यममा रुपान्तरण गर्न वा विकसित गर्न सहयोग गर्नु र जटिल सामाजिक समस्या समाधान गर्न सामूहिक पहल गर्नु नबिल एसएसई प्रमाणपत्र कार्यक्रमको लक्ष्य हो। यसले दिगो विकास लक्ष्य प्राप्तिका लागि योगदान गरी समुदाय र समाजमा सकारात्मक प्रभाव पार्न सक्ने विचारलाई प्रोत्साहन गर्नेछ ।

यस कार्यक्रमका लागि नेपालका सातवटै प्रदेशका विभिन्न सात कलेजसँग साझेदारी गरिएको छ । यस साझेदारीबाट १ वर्षमा ७०० तालिम प्राप्त सामाजिक उद्यमी तयार गर्ने यस कार्यक्रमको सोच रहेको छ । आफ्नो सोचले समाजमा सकारात्मक प्रभाव पार्न योगदान गर्ने सामाजिक उद्यमी बन्न अथवा समुदायमा सामाजिक उद्यमशीलता प्रवर्द्धन गर्न चाहने १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकले तोकिएको मापदण्डअनुसार यस कार्यक्रममा सहभागिताका लागि आवेदन दिन सक्नेछन् ।

आवेदकहरुले पेस गरेको सामाजिक उद्यमको सोच, अवधारणाको मूल्यांकन गरी प्रमाणपत्र कार्यक्रमका सहभागीहरुको छनौट गरिनेछ। छनौटमा परेका सहभागीहरुलाई सामाजिक उद्यमशीलतासम्बन्धी विभिन्न विषयवस्तुमा प्रयोगात्मक र व्यावहारिक ढंगले प्रशिक्षणमा सहभागी गराइनेछ । तीन महिनाको प्रशिक्षणपछि सहभागीहरु उद्यमशील सोच र लगानी योग्य व्यावसायिक योजना तयार गर्न सक्ने हुनेछन् ।