नयाँ वर्षमा अनलाइन सपिङ गर्दा एनएमबी बैंकका ग्राहकलाई विशेष अफर
वि.सं.२०७८ चैत २५ शुक्रवार १६:५६
shares

नयाँ वर्षको अवसरमा अनलाइन सपिङ पोर्टल दराजमार्फत विभिन्न सामान खरिद गर्दा एनएमबी बैंकका ग्नाहकले विशेष छुट पाउने भएका छन् । बिहीबार एनएमबी बैंक लिमिटेड र दराज केयमु प्रालिबीच बैंकमा खाता रहेका ग्राहकलाई नयाँ वर्षको अवसरमा छुट प्रदान गर्ने सम्झौता भएको हो ।
सम्झौता पत्रमा बैंकका तर्फबाट रिटेल बैंकिङ प्रमुख रोशन रेग्मी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् । एनएमबी बैंकका ग्राहकले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा एक हजार रुपैयाँ सम्मको छुट र क्रेडिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा एक हजार ५०० रुपैयाँ सम्मको छुट प्राप्त गर्नेछन् ।
उक्त छुट प्रप्त गर्नको लागि ग्राहकले आफ्नो कार्डमा ई-कमर्स सक्रिय गर्नुपर्छ । त्यसको लागि बैंकले ग्राहकलाई आफ्नो कार्डमा ई-कमर्स सहज रुपमा सक्रिय गर्न सकिने बैंकले जनाएको छ । एनएमबी बैंकले हाल देशभरी २०१ शाखा, १३९ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
एनएमबी बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ ।

























