स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ मा एनआइबीएल एस क्यापिटल लिमिटेडको सहभागिता
वि.सं.२०७८ चैत २५ शुक्रवार १७:०७
shares

बुटवलमा सम्पन्न भएको स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ मा एनआईबीएल एस क्यापिटल लिमिटेडले पनि सहभागिता जनाएको छ । संस्थागत परामर्शदाताको रुपमा सेवा प्रदान गर्दै आएको एनआईबीएल एस क्यापिटलले उक्त कार्यक्रममा पनि सहभागीलाई आफ्नो संस्थागत परामर्श सेवाको जानकारी गराउँदै सो सेवामार्फत नवीनतम योजना र सोचलाई व्यवसायिक पूर्णता दिने उद्देश्य राखेको बताएको छ ।
गत १८ चैतबाट लिभिङ विथ आइसीटीले सातै प्रदेशमा इ९बिमाको मुख्य प्रायोजनमा स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ आयोजना सुरू गरेको थियो । यसैक्रममा बुधवार सो फेष्टको दोस्रो कार्यक्रम बुटवलमा सम्पन्न भएको हो । डिजिटल क्षेत्रमा क्रियाशिल स्थानीय नवप्रवकलाई प्रवर्द्धन गर्ने र आवश्यक लगानीसमेत जुटाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।
एनआईबीएल एस क्यापिटलले संस्थागत परामर्श सेवामार्फत व्यवसायिक योजना बनाउन, व्यवसायको सम्भाव्यता अध्ययन गर्ने, पूँजी संकलन गर्ने, ऋण संकलनमा वित्तिय संस्था र व्यवसायीबीच मध्यस्थता गर्ने र अन्य व्यवसायिक जटिलतामा उचित परामर्श प्रदान गर्दै आएको छ ।

























