nmb bank

गृहपृष्ठ आचारसंहिताबारे एमालेले गरायो आयोगको ध्यानाकर्षण

आचारसंहिताबारे एमालेले गरायो आयोगको ध्यानाकर्षण

आचारसंहिताबारे एमालेले गरायो आयोगको ध्यानाकर्षण

नेकपा एमालेले निर्वाचन आचारसंहिताबारे निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । एमाले महासचिव शंकर पोखरल निर्वाचन आयोग पुगेर आचारसंहिताबारे पार्टीकाे धारणा पत्र बुझाएका हुन् ।

आयोगले जारी गरेको आचारसंहितामा त्रुटि देखिएको र त्यसलाई सच्याउन माग गर्दै आयोगको ध्यानाकर्षण गराइएको महासचिव पोखरेलले जानकारी दिए । एमालेले आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको विरोध गर्दै आएको थियो । यसैकारण आचारसंहिता पालना गर्ने विषयमा आयोगले यसै साता आयोजना गरेको बैठकमा एमालेका प्रतिनिधिले हस्ताक्षर नगरी बाहिरिएका थिए ।

आचारसंहिता पालना गर्न एमाले प्रतिबद्ध रहेको महासचिव पोखरेलको भनाइ छ । उनले भने, ‘हामी आचारसंहिता पालना गर्छौ । त्यसभित्रका केही बुँदामा हाम्रो विमति छ । त्यसबारे आयोगको ध्यानाकर्षण गराएका छौं ।’ उनका अनुसार एमालेले निर्वाचन प्रचार प्रसार सामग्री र माध्यमका विषयमा समेत आयोगको ध्यानाकर्षण गराएको छ ।

एमालेकाे धारणा पत्र :

प्रकाशित समय : २०:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु