nmb bank

गृहपृष्ठ नवनियुक्त कानुनमन्त्री बन्दीले लिए शपथ

नवनियुक्त कानुनमन्त्री बन्दीले लिए शपथ

नवनियुक्त कानुनमन्त्री बन्दीले लिए शपथ

नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा कोइराला (गोविन्द बन्दी)ले शपथ ग्रहण गरेका छन् । बिहीबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा आयोजित समारोहमा बन्दीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

अधिवक्ता बन्दीलाई आजै सरकारको सिफारिमा राष्ट्रपतिले मन्त्रीमा नियुक्त गरेकी हुन् । गैरसांसद रहेको नवनियुक्त मन्त्री बन्दीले आजै कार्यभार सम्हाल्ने बताइएको छ ।

त्यसैगरी हालसम्म कानुनमन्त्रीको रुपमा रहेका दिलेन्द्र बडूको मन्त्रालय फेरिएको छ । बडूलाई ६ महिनादेखि खाली रहेको उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रकाशित समय : २१:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु