nmb bank

गृहपृष्ठ त्रिकोणात्मक सिरिज : मलेसियाविरुद्ध भिड्दै नेपाल

त्रिकोणात्मक सिरिज : मलेसियाविरुद्ध भिड्दै नेपाल

त्रिकोणात्मक सिरिज : मलेसियाविरुद्ध भिड्दै नेपाल

त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज मलेसियाविरुद्ध खेल्दैछ । त्रिवि क्रिकेट मैदानमा हुने प्रतिस्पर्धा १२:३० मा सुरु हुनेछ । आज मलेसियालाई हराएर नेपाल लगातार चौंथो जित निकाल्न चाहन्छ । नेपालले अपराजित रहदै फाइनलमा पुग्न खोजिरहेको छ ।

नेपालले ३ खेलमा ६ अंक जोडेको छ । शीर्ष स्थानमा रहेको नेपाल यसअघि नै फाइनल पुगिसकेको छ । यता, मलेसिया पनि नेपाललाई हराएर फाइनल पुग्न चाहन्छ । मलेसिया ३ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । हार ब्यहोरेमा मलेसिया बाहिरिनेछ ।

पपुवा न्युगिनी (पीएनजी) ४ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । मलेसिया पराजित भएमा दोस्रो स्थानमा रहँदै पीएनजीले फाइनलमा नेपालको सामना गर्नेछ ।

प्रकाशित समय : १५:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु