काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

साउनभित्र उपत्यकामा डिडिसीका ३० नयाँ आउटलेट, अब अनलाइनबाट पनि दूध तथा दुग्धजन्य उत्पादन

3.34K
shares

काठमाडौं ।  दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना उत्पादनको पहुँच विस्तार गर्ने उद्देश्यसहित यही साउन महिनाभित्र काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ३० नयाँ आउटलेट सञ्चालनमा ल्याउने भएको छ। उपभोक्ताको बढ्दो मागलाई ध्यानमा राख्दै संस्थानले नयाँ अवधारणा र आधुनिक मोडेलमा सेवा विस्तार गर्न लागेको हो।

डिडिसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेका अनुसार बूढानीलकण्ठ, बनस्थली, कलङ्की, कोटेश्वर, नयाँ बानेश्वरलगायत उपत्यकाका विभिन्न स्थानमा नयाँ आउटलेट सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। उहाँले यसबाट उपभोक्ताले डिडिसीका उत्पादन सहज रूपमा खरिद गर्न सक्ने बताउनुभयो।

यसैबीच, डिडिसीले ऐतिहासिक तथा पर्यटकीय क्षेत्र वसन्तपुर डबलीमा नयाँ स्वरूपमा सजाइएको आउटलेट सञ्चालनमा ल्याएको छ। महाप्रबन्धक पाण्डेले उद्घाटन गर्नुभएको उक्त आउटलेटबाट आन्तरिक तथा बाह्य पर्यटकसहित सर्वसाधारणले डिडिसीका दूध तथा दुग्धजन्य उत्पादन सहजै खरिद गर्न सक्नेछन्।

डिडिसीले हाल साधारण र गाईको दूध, दही, मही, पनिर, घ्यू, आइसक्रिम, रसबरी तथा फ्रेस दूधलगायत विभिन्न दुग्धजन्य उत्पादन बिक्री गर्दै आएको छ। संस्थानका अनुसार उपभोक्ताको आकर्षण बढ्दै गएकाले निकट भविष्यमा उपत्यकाबाहिरका प्रमुख सहरमा पनि नयाँ आउटलेट विस्तार गर्ने योजना रहेको छ।

अब अनलाइनबाट पनि डिडिसीका उत्पादन

डिडिसीले आफ्ना उत्पादनको बिक्रीलाई डिजिटल माध्यममा विस्तार गर्ने तयारीसमेत गरेको छ। महाप्रबन्धक पाण्डेका अनुसार केही दिनभित्रै अनलाइन सेवा सुरु गरिनेछ।

उहाँका अनुसार उपभोक्ताले ‘सब्सक्रिप्सन’ प्रणालीमार्फत अनलाइनबाट डिडिसीका दूध तथा दुग्धजन्य उत्पादन अर्डर गर्न सक्नेछन् र ती उत्पादन घरमै पुग्ने व्यवस्था गरिनेछ। संस्थानले सहज र छिटो सेवा उपलब्ध गराउने लक्ष्यका साथ डिजिटल मार्केटिङ र होम डेलिभरी प्रणाली लागू गर्न लागेको जनाएको छ।