global ime bank Long Banner Ad

गृहपृष्ठ विश्वकप क्रिकेट लिग२ नामिबियाले नेपाललाई दियो २१२ रनको लक्ष्य

विश्वकप क्रिकेट लिग२ नामिबियाले नेपाललाई दियो २१२ रनको लक्ष्य

विश्वकप क्रिकेट लिग२ नामिबियाले नेपाललाई दियो २१२ रनको लक्ष्य

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग(२ अन्तर्गत आज भइरहेको खेलमा नामिबियाले नेपाललाई जितका लागि २१२ रनको लक्ष्य दिएको छ ।

नेदरल्यान्ड्सको उट्रेच्टमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २११ रनको योगफल बनायो ।

नामिबियाका लागि जान फ्राइलिन्कले सर्वाधिक १०० रन बनाए । उनले १४९ बलमा ३ चौका प्रहार गरे । त्यस्तै लौरेन स्टेनक्याम्पले ५९ रन बनाए । नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए भने सोमपाल कामीले १ विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

 

प्रकाशित समय : १९:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु