गृहपृष्ठ यी हुन् मन्त्रिपरिषद बैठकका १४ निर्णय

यी हुन् मन्त्रिपरिषद बैठकका १४ निर्णय

यी हुन् मन्त्रिपरिषद बैठकका १४ निर्णय

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले विभिन्न १४ वटा निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

सरकारले चीन सरकारले प्रस्ताव गरेको सीमा वारपार रेलमार्ग सम्भाव्यता अध्ययनसम्बन्धी प्राविधिक सहायता स्वीकार गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाका सचिव तोयम रायाको भारत भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले दुग्ध विकास संस्थानको महाप्रबन्धकमा सर्लाही बलरा नगरपालिका ३ का संजिव झालाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै राष्ट्रिय भूमि आयोगको सदस्यमा तानसेन-४ पाल्पाका भैरवराज रेग्मी र नापी विभागका उपमहानिर्देशक करुणा केसीलाई तोक्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता कार्कीले बताए ।

निर्णयहरू :

प्रकाशित समय : २३:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु