गृहपृष्ठ कलंकीमा कार अनियन्त्रित भएर दुर्घटना, ६ जना घाइते
कलंकीमा कार अनियन्त्रित भएर दुर्घटना, ६ जना घाइते
काठमाडौंको कलंकीमा कार अनियन्त्रित भएर दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । कालिमाटीबाट कलंकी चोकतिर जाँदै गरेको बा.५ च. ५४४० नम्बरको कारले अनियन्त्रित भएर रोकेर राखेको स्कुटर र मोटरसाइकललाई ठक्कर दिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा एसपी संजीव शर्माले बताए ।
दुर्घटनामा परेर कार चालकसहित ६ जना घाइते भएका हुन् । कार चालकको बल्खुस्थित वयोधा अस्पतालमा र अन्य घाइतेको कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित समय : २२:४२ बजे



















