काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुक्खा पहिरोबाट कर्णाली राजमार्ग अवरुद्ध

2.08K
shares

कर्णाली ।,कर्णाली राजमार्गको कालीकोट जुम्ला सडकखण्डमा पर्ने सेराबाडामा आज सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

खाँडाचक्र नगरपालिका–८ कालीकोट सेराबाडास्थित माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएपछि सवारीसाधन आवातजावत पूर्ण रुपले बन्द भएको जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले जानकारी दिए ।

पहिरोसँगै झरेको ढुङगा सानो मेसिनले फुटाल्न नसक्ने भएपछि सडक डिभिजन कार्यालय जुम्लासँग समन्वय गरेर ठूलो स्काभेटर माग गरिएको छ ।

रासससँग कुरा गर्दै प्रजिअ भट्टराईले भने “सडक डिभिजन कार्यालय जुम्लाको कालीकोटको टिमुरे भिरमा राखिएको एक्साभेटर ल्याइँदैछ । हामी जतिसक्दो छिटो सडक खुलाउने काममा लागि रहेका छौँ ।”