global ime bank Long Banner Ad

गृहपृष्ठ ‘प्राविधिक समस्या’ले सेयर काराेबार प्रभावित, डेढ अर्ब पनि पुगेन काराेबार रकम

‘प्राविधिक समस्या’ले सेयर काराेबार प्रभावित, डेढ अर्ब पनि पुगेन काराेबार रकम

‘प्राविधिक समस्या’ले सेयर काराेबार प्रभावित, डेढ अर्ब पनि पुगेन काराेबार रकम

ब्रोकरहरुको डेटा सेन्टरमा गडबडी आएपछि आजको सेयर कारोबार प्रभावित भएकाे छ । दिउँसो १२ बजेर ५३ मिनेटपछि डेटा सेन्टरको समस्याका कारण नेपाल स्टक एक्सचेन्जले केही समयका लागि सेयर कारोबारसमेत रोक्नुपरेको थियो ।

आज २३ लाख ४९ हजार कित्ता मात्रै बिक्री भएको हो । आज १८ हजार ५ सय ९७ पटक मात्रै कारोबार भएको थियो । याेसँगै आज १ अर्ब ३४ करोड २२ लाख ३२ हजार रुपैयाँको सेयर खरिदबिक्री भएका छन् । आज वाणिज्य बैंक, विकास बैंक, अन्य, माइक्रोफाइनान्स, जीवन बिमा, निर्जीवन बिमाको सूचक बढे पनि बाँकी सूचक घटेका छन् ।

थोरै समय कारोबार भएको दिन आज लगानीकर्ताले ६.१० प्रतिशतसम्म कमाएका छन् । गुमाउने लगानीकर्ताले पनि आज ५.७३ प्रतिशतसम्म गुमाए ।

प्रकाशित समय : २१:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु