काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

महालक्ष्मी विकास बैंकका ग्राहकलाई रेट्रो होटल एण्ड स्पामा छुट

13.42K
shares

महालक्ष्मी विकास बैंक र रेट्रो होटल एण्ड स्पाबिच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता अनुसार महालक्ष्मी विकास बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले विभिन्न सेवाहरुमा आकर्षक छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको जनाएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपालीलाई साक्षात्कार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

यस बैंकले कुल १०३ वटा शाखाहर मार्फत करिब ६ लाख ग्राहकहरुलाई वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।