गृहपृष्ठ बागमतीलाई नमूना प्रदेशका रुपमा विकास गर्नुपर्छ : पूर्व मुख्यमन्त्री शाक्य

बागमतीलाई नमूना प्रदेशका रुपमा विकास गर्नुपर्छ : पूर्व मुख्यमन्त्री शाक्य

बागमतीलाई नमूना प्रदेशका रुपमा विकास गर्नुपर्छ : पूर्व मुख्यमन्त्री शाक्य

बागमती प्रदेशका पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बागमतीलाई नमूना प्रदेशका रुपमा विकास गर्नुपर्ने धारणा राखेकी छिन् । उनले विगतका सबै कमिकमजोरीलाई सच्चाएर अगाडि बढ्नुपर्ने उल्लेख गरे ।

प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा प्रदेशसभा बैठकमा आज आफ्नो धारणा राख्दै शाक्यले संसद सञ्चालन गर्न सत्तापक्षले भन्दा बढी प्रमुख प्रतिपक्षका रुपमा आफूहरुले भूमिका खेलेको बताए ।

जनताप्रति सरकार र प्रतिपक्ष दुबै उत्तरदायी तथा जिम्मेवार हुनुपर्ने उनको भनाई थियो । सरकार र प्रतिपक्ष कसैले पनि संकिर्ण सोच राख्न नहुने शाक्यले बताए । उनले प्रदेशको आफूहरुसमेत सहभागी भई तयार गरेका सुरुङमार्ग, विद्युतीय बस सञ्चालन लगायतका महत्वपूर्ण योजना कटौती गर्ने सरकारको निर्णय उचित नभएको बताए ।

'मुख्यमन्त्रीले विदयुतीय बस सञ्चालनका लागि तथा सुरुङमार्ग निर्माणका लागि छुट्याएको बजेट तुरुन्तै अन्त खर्च गर्छु भनेर संसद उभिएर भन्नुभएको कुरा नाजायज छ' उनले भने । सदनबाट पास भएको बजेट सदनलाई जानकारी नदिई अन्यत्र खर्च गर्नु कानुन विपरीत हुने पूर्व मुख्यमन्त्री शाक्यको भनाई थियो ।

प्रकाशित समय : २०:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु