global ime bank Long Banner Ad

गृहपृष्ठ डिशहोम फाइबरनेटको प्रयोगकर्ता एक लाख पुग्यो

डिशहोम फाइबरनेटको प्रयोगकर्ता एक लाख पुग्यो

डिशहोम फाइबरनेटको प्रयोगकर्ता एक लाख पुग्यो

डिशहोमले सुरुवात गरेको डिशहोम फाइबरनेटको ग्राहक संख्या एक लाख पुगेको छ । चुस्त दुरुस्त सेवा देशभर पुर्याउने लक्ष्य लिएर सुरु गरेको डिशहोम फाइबरनेटले एक लाख ग्राहक पुर्याउन सफल भएको छ ।

एक लाख ग्राहक पुगेको अवसरमा डिशहोमको कार्यालयमा आयोजित कार्यक्रममा उपस्थितत डिशमिडिया नेटवर्कका अध्यक्ष हेमराज ढकालले अब देशभर सेवा दिन तयार डिशहोम फाइबरनेटको नेटवर्कले छिट्टै थप ग्राहकहरुलाई सेवा दिँदै ग्राहक संख्या गुणात्मक विस्तार गर्दै जानुपर्ने विचार राखे ।

आउँदो समय ग्राहक संख्या विस्तारसँगै भरपर्दो सेवाको निरन्तरता प्रदान गर्ने प्रण गर्दैै डिशहोमका कर्मचारीहरुले एक लाख ग्राहक संख्या पुगेकोमा केक काटेर खुसीयाली मनाएका छन् ।

प्रकाशित समय : २०:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु