गृहपृष्ठ बर्डफ्लु: काभ्रेमा नमूना संकलन र निगरानी

बर्डफ्लु: काभ्रेमा नमूना संकलन र निगरानी

बर्डफ्लु: काभ्रेमा नमूना संकलन र निगरानी

छिमेकी जिल्ला भक्तपुरको सूर्यविनायक नगरपालिका-१० को तीन स्थानमा शनिबार बर्डफ्लु भेटिएपछि काभ्रेपलाञ्चोकमा थप नमूना संकलन र निगरानीलाई निरन्तरता दिइएको छ । महिनाअघि संघीय राजधानी काठमाडाैँमा बर्डफ्लु भेटिएलगत्तै पूर्वीनाकाका रुपमा रहेको यो जिल्लामा उच्च सतर्कता अपनाउन विभिन्न गतिविधि गर्दै आइएको छ ।

जिल्लास्तरीय प्राविधिक समितिको बैठकले सबै स्थानीय तहलाई पशुपक्षीपालक कृषक तथा व्यवसायीलाई सजगता अपनाउन यससम्बन्धी विविध गतिविधि गर्न आग्रह गरेको छ । 'सबै स्थानीय तहमा निगरानीका कामलाई गम्भीरतापूर्वक लाग्न आग्रह गरिएको छ,' प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भने । उनका अनुसार काठमाडौं र छिमेकी जिल्ला भक्तपुरमा बर्डफ्लु भेटिएपछि उपत्यकाको पूर्वी सीमानाका साँगामा रात्रिकालीन अवस्थामा परीक्षण व्यवस्थापनका लागि थप जनशक्ति व्यवस्थित गरी उच्च सतर्कता अपनाइएको छ ।

जिल्लाको १३ स्थानीय तहमध्ये बनेपा र पनौती नगरपालिकाले संक्रमण रोकथामका लागि व्यवसायीसँग विशेष छलफल र सचेतना कार्यक्रम गरिसकेका छन् । गत माघ १६ गते मोरङको दुई स्थानमा देखिएको बर्डफ्लु संक्रमण त्यसयता चितवन र राजधानी काठमाडौं तथा उपत्यकाको भक्तपुरमा समेत देखिएको थियो ।

प्रकाशित समय : २०:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु