गृहपृष्ठ ग्रीन भेन्चर्सले चैत ८ गतेदेखि आइपीओ बिक्री खुला गर्ने
ग्रीन भेन्चर्सले चैत ८ गतेदेखि आइपीओ बिक्री खुला गर्ने
ग्रीन भेन्चर्स लिमिटेडले चैत ८ गतेदेखि आइपीओ निष्कासन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।
निष्कासन गरिने कुल कित्तामध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बाँकी रहेको २८ लाख ७५ हजार कित्ता सर्वसाधारणमा विक्री गर्न लागेको हो ।
आइपीओ निष्कासन बन्द मिति छिटोमा चैत ११ गते हुनेछ भने ढिलोमा चैत २२ गते रहेको छ । कम्पनीको सेयर निष्कासन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । आवेदकले न्यूनतम १० कित्ता सेयर खरीदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन ।
आवेदकले आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन । कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी आइएस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
प्रकाशित समय : १६:०९ बजे



















