गृहपृष्ठ चोरी आरोपमा अभिनेत्री पक्राउ
चोरी आरोपमा अभिनेत्री पक्राउ
बंगाली चलचित्र उद्योगकी लोकप्रिय अभिनेत्री रुपा दत्ता चोरी अभियोगमा पक्राउ परेकी छन् । उनलाई इन्टरनेसनल कोलकाता बुक फेयरबाट पैसा चोरेको आरोप लागेको छ । प्रत्यक्षदर्शीका अनुसार एक महिलाले फोहोरको डिब्बामा एक ब्याग फ्याकेको देखेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले रुपाबाट ७५ हजार भारतीय रुपैयाँ बरामद गरेका छन् । यो घटना शनिबार राति भएको हो । कोलकाताको विधाननगर नर्थ पुलिस स्टेसनका अनुसार एक महिलाले फोहोरको डिब्बामा ब्याग फ्याकेपछि तत्कालै अन्य प्रहरीलाई खबर गरिएको थियो ।
प्रहरीले तत्कालै महिला र ब्यागमाथि छानबिन गर्दा उनी अभिनेत्री रुपा दत्ता रहेको खुलेको हो । ब्यागमा उक्त ७५ हजार रुपैयाँ भेटिएको थियो । प्रहरीले अभिनेत्री रुपालाई हिरासतमा लिएपछि उनलाई अदालतमा उपस्थित गराउने तयारी थालेको छ ।
प्रकाशित समय : १६:२४ बजे



















