गृहपृष्ठ खप्तड गोल्डकपको फाइलनमा फ्रेन्ड्स क्लब
खप्तड गोल्डकपको फाइलनमा फ्रेन्ड्स क्लब
सर्वाधिक धनराशीको सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा फ्रेन्ड्स क्लब पुगेको छ । धनगढी रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा वाग्मती युथ क्लबलाई २-१ ले हराउँदै ए डिभिजन क्लब फ्रेन्ड्स उपाधि नजिक पुगेको हो ।
धनगढी रंगशालामा हुने फाइनलमा शनिबार फ्रेन्ड्सले मनाङ मर्स्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्दैछ । मनाङले बुधबार हिमालयन शेर्पालाई पेनाल्टी शुटआउटमा ४-२ ले हराएर फाइनल तय गरिसकेको छ ।
फ्रेन्ड्सलाई फाइनल यात्रा तय गर्न जमोइल एन्थोनी फ्रान्कोइस र राजीव लोप्चनले गोल गरे । वाग्मती क्लबका ड्याडी वाम्बा जुनियरले एक गोल फर्काए । खेलको ६४ औं मिनेटमा एन्थोनीले गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाए । ७१ औं मिनेटमा राजीवले गोल थप्दै फ्रेन्ड्सको फराकिलो बनाए । त्यसपछि खेलको ८३ औं मिनेटमा वाम्बा जुनियरले गोल गरे त्यो पर्याप्त भएन ।
उत्कृष्ट प्रदर्शन गरेका फेन्ड्सका श्याम क्याप्छाकी म्याच अफ द म्याच भए । उनले १० हजार रुपैयाँ पाए ।
प्रकाशित समय : १४:१० बजे




















