गृहपृष्ठ कोल्याट्रल सीमा कडाइ गर्दै नेप्से, ब्रोकरलाई दियाे यस्ताे निर्देशन
कोल्याट्रल सीमा कडाइ गर्दै नेप्से, ब्रोकरलाई दियाे यस्ताे निर्देशन
नेपाल स्टक एक्सचेन्जले धितोपत्र दलाल (ब्रोकर) कम्पनीहरूलाई ग्राहकको वास्तविक धितो (कोल्याट्रल) क्षमताभन्दा बढी खरिद आदेश प्रविष्ट नगर्न कडाइका साथ निर्देशन दिएको छ।
वैशाख १६ गते जारी गरिएको परिपत्रमा नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ अनुसार कारोबार गर्दा जोखिम व्यवस्थापनलाई सुदृढ बनाउन यस्तो व्यवस्था कार्यान्वयन गर्नुपर्ने उल्लेख गरेको छ।
निर्देशनअनुसार, ब्रोकरहरूले ग्राहकबाट खरिद आदेश कार्यान्वयन गर्नु अघि कम्तीमा २५ प्रतिशत रकम अग्रिम रूपमा अनिवार्य लिनुपर्नेछ ।
प्रकाशित समय : २१:१९ बजे




















