global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ राति भारी वर्षाको सम्भावना

राति भारी वर्षाको सम्भावना

राति भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार राति देशका विभिन्न भूभागमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको बताएको छ ।

महाशाखाका अनुसार बुधबार राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको एक, दुई स्थानमा मेघगर्जन चट्याङ्ग असिना र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ ।

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

बिहीबार देशभर साधारणतया बादल लाग्ने छ । कोशी र मधेस प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

शुक्रबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

खासगरी, देशका तराई भूभागका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेकोले आवश्यक सतर्कता अप्नाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित समय : २०:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु