global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ नेपाली शान्ति सैनिकको अदलीबदली

नेपाली शान्ति सैनिकको अदलीबदली

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ सेन्ट्रल अफ्रिकन रिपब्लिक (मिनुस्का) मिसनमा तैनाथ शान्ति सैनिकको अदलीबदली भएको छ ।

सो मिसनअन्तर्गत रिपुमर्दन गण सातौँ डफ्फा र सैनिक प्रहरी युनिट दशौँ डफ्फालाई बदली गर्न कालीबहादुर गण आठौँ डफ्फा र सैनिक प्रहरी गण एघारौँ डफ्फाका १९७ जना शान्ति सैनिकको अन्तिम टोली आज मिसन इलाकातर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका १९७ जना नेपाली शान्ति सैनिक यही वैशाख ११ गते स्वदेश फिर्ता भएका थिए । हाल उक्त मिसनमा नेपाली सेनाका एक हजार १०७ जना शान्ति सैनिक कार्यरत छन् ।

प्रकाशित समय : २०:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु