global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ प्रोलिंक ब्राण्डका कम्प्युटर एक्सेसरिज र नेटवर्किङ डिभाइसमा १५ प्रतिशत छुट

प्रोलिंक ब्राण्डका कम्प्युटर एक्सेसरिज र नेटवर्किङ डिभाइसमा १५ प्रतिशत छुट

प्रोलिंक ब्राण्डका कम्प्युटर एक्सेसरिज र नेटवर्किङ डिभाइसमा १५ प्रतिशत छुट

काठमाडौँ । टेक्नोलोजी ब्रान्ड ‘प्रोलिंक’ (ProLink) ले आफ्नो स्थापनाको ३५औँ वार्षिकोत्सवको अवसर पारेर नेपाली बजारमा छुट योजना सार्वजनिक गरेको छ । प्रोलिंकको नेपालका लागि आधिकारिक वितरक ‘म्याक्स इन्टरनेशनल’ले यस योजनाअन्तर्गत कम्पनीका सम्पूर्ण उत्पादनहरूमा १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने भएको हो ।

यो अफर प्रोलिंकका राउटर, वाई-फाई उपकरण, यूपीएस, स्मार्ट सीसीटिभी क्यामेरा, चार्जर, केबल, किबोर्ड, माउस लगायतका सबै प्रकारका कम्प्युटर एक्सेसरिजहरूमा सीमित अवधिका लागि लागु हुनेछ । प्रोलिंकले विगत ३५ वर्षदेखि विश्व बजारमा विभिन्न विद्युतीय उपकरण तथा एक्सेसरिजहरू उत्पादन र बिक्री गर्दै आएको छ ।

गुणस्तरीय उत्पादनका लागि विश्वभर चिनिएको यस ब्रान्डका सामग्रीहरू पछिल्लो समय नेपाली प्रयोगकर्तामाझ पनि निकै लोकप्रिय बन्दै गइरहेका छन् । वार्षिकोत्सवको अवसरमा ल्याइएको यो अफरमार्फत ग्राहकलाई अझ किफायती मूल्यमा गुणस्तरीय सामग्री उपलब्ध गराउने लक्ष्य राखिएको म्याक्स इन्टरनेशनलले जनाएको छ ।

प्रकाशित समय : २०:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु