global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ राउण्ड टेवल नेपालद्वारा छैटौँ इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिता घोषणा

राउण्ड टेवल नेपालद्वारा छैटौँ इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिता घोषणा

राउण्ड टेवल नेपालद्वारा छैटौँ इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिता घोषणा

काठमाडौं । राउण्ड टेवल नेपालले ‘छैटौँ इन्डोर कर्पोरेट क्रिकेट टूर्नामेंट’ आयोजना गर्ने घोषणा गरेको छ। सन नेपाल लाइफ इन्स्योरेन्ससँगको सहकार्यमा आगामी मे १, २ र ३ तारिखका दिन बूढानीलकण्ठस्थित भेलोसिटी ग्राउन्डमा यो प्रतियोगिता आयोजना हुन लागेको हो।

यस प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। प्रतियोगितामा देशका १२ वटा अग्रणी कर्पोरेट टोलीहरूको सहभागिता रहनेछ। सहभागी हुने टोलीहरूमा डोग्मा ग्रुप, जगदम्बा मोटर्स, नबिल बैंक लिमिटेड, प्राइम कमर्सियल बैंक लिमिटेड, ग्लोबल आईएमई बैंक लिमिटेड, नेपाल एसबीआई बैंक लिमिटेड, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल, रमेश कर्प, हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड, महालक्ष्मी विकास बैंक लिमिटेड र डिफेन्डिङ च्याम्पियन क्लाउड फ्याक्ट्री रहेका छन्।

यो प्रतियोगिताले कर्पोरेट क्षेत्रभित्र आपसी सम्बन्धलाई सुदृढ गर्ने तथा खेलकुदमार्फत कार्य-जीवन सन्तुलनलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको छ। राउण्ड टेवल नेपालले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा समेत सक्रिय रूपमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

प्रकाशित समय : २०:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु