global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैंकको अनुरोध

खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैंकको अनुरोध

खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैंकको अनुरोध

काठमाडाैं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई खातासँग आबद्ध स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना यथाशीघ्र अद्यावधिक गर्न आग्रह गरेको छ।

बैँकका अनुसार ‘आयकर ऐन २०५८’ बमोजिम निक्षेप कर्ताबाट गरिएको ब्याज भुक्तानीमा लाग्ने कर कट्टी विवरणलाई नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गत आन्तरिक राजस्व विभागद्वारा लागू गरिएको स्थायी लेखा नम्बर प्रणालीसँग अनिवार्य रूपमा आवद्ध गर्नुपर्ने व्यवस्था छ।

यसका लागि ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एप एनआईसी एशिया बैंक वा आधिकारिक पोर्टलमार्फत ‘ प्यान​ अपडेट ’ विकल्प प्रयोग गरी आफ्नो प्यान अद्यावधिक गर्न सक्नेछन्। साथै, नजिकैको जुनसुकै शाखा कार्यालयबाट पनि आवेदन दिई प्यान अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ।

बैंकका अनुसार प्यान अद्यावधिक भएपछि ग्राहकको करकट्टी विवरण (टी डी एस) स्वतः सम्बन्धित प्यानमा प्रविष्ट हुने र आयकर प्रणालीमा अनुसूची–१० अनुसार मिलान हुने व्यवस्था हुनेछ। यसले करकट्टी प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्र सहज रूपमा प्राप्त गर्न सहयोग पुर्‍याउनेछ र ग्राहकलाई बैंक धाउनुपर्ने झन्झट अन्त्य गर्ने विश्वास बैंकले लिएको छ।

त्यस्तै, प्यान अद्यावधिक नगरेका कारण करकट्टी विवरण प्रविष्ट नभएमा वा पछि समायोजन गर्नुपर्ने अवस्था आएमा बैंक जिम्मेवार नहुने स्पष्ट गरिएको छ।

बैंकले ग्राहकहरूलाई आफ्नो ईमेल ठेगाना पनि अद्यावधिक गर्न आग्रह गरेको छ। भिडियो केवाईसी वा मोबाइल बैंकिङ एपमार्फत ‘माई प्रोफाइल’ विकल्प प्रयोग गरी ईमेल अपडेट गर्न सकिने व्यवस्था गरिएको छ। साथै, शाखा कार्यालयमार्फत पनि यो सेवा उपलब्ध रहेको बैंकले जनाएको छ।

 

प्रकाशित समय : २०:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु