nmb bank

गृहपृष्ठ प्रियंकाको डेब्यू निर्माण ‘मास्टर्नी’ ८ भाषामा प्रदर्शनमा हुने

प्रियंकाको डेब्यू निर्माण ‘मास्टर्नी’ ८ भाषामा प्रदर्शनमा हुने

प्रियंकाको डेब्यू निर्माण ‘मास्टर्नी’ ८ भाषामा प्रदर्शनमा हुने

काठमाडौं – नायिका प्रियंका कार्कीको डेब्यू निर्माण रहेको फिल्म ‘मास्टर्नी’ आठ भाषामा प्रदर्शन हुने भएको छ ।

नायिका कार्कीका अनुसार नेपालीसहित हिन्दी, बंगाली, तामिल, तेलगु, मलायलम, भोजपुरी र पन्जाबी भाषामा रिलिजको तयारी गरिएको छ । यस फिल्मको नेपालका लागि प्रदर्शन मिति भदौ १२ गतेलाई तोकिएको छ ।

यही फिल्मको पोस्ट प्रोडक्सनका कामका लागि उनी भारतमा छिन् । यही दौरान उनले बलिउड नायक अनिल कपुरलाई भेटको तस्बिर सामाजिक सञ्जालमा चर्चामा छ । उनकै होम ब्यानर ‘आयंका फिल्मस्’ले यो फिल्म बनाएको हो ।

भारतीय निर्देशक सुभेन्दु घोषले निर्देशन गरेको यस फिल्ममा नायिका कार्कीको साथमा सरोज खनाल, ऋचा शर्मा, आर्यन सिग्देल, प्रमोद अग्रहरी, अनुप विक्रम शाही, सिम्रन खड्का लगायत दर्जनौं कलाकारको अभिनय रहेको छ ।

प्रकाशित समय : १७:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु