nmb bank

गृहपृष्ठ एनभीए भलिबल प्रतियोगिता : पुलिस र रुकुम पश्चिमको अपराजित यात्रा जारी

एनभीए भलिबल प्रतियोगिता : पुलिस र रुकुम पश्चिमको अपराजित यात्रा जारी

एनभीए भलिबल प्रतियोगिता : पुलिस र रुकुम पश्चिमको अपराजित यात्रा जारी

काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबले एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ लगातार तेस्रो जित दर्ता गरेको छ ।

आइतबार पुलिसले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न खेलमा अपराजित यात्रा कायम राख्ने क्रममा बूढानीलकण्ठलाई सोझो सेटमा हरायो ।

खेलमा पुलिस पहिलो, दोस्रो र तेस्रो सेटमा क्रमशः २५–२२, २५–१७, २५–१८ ले विजयी भएको थियो । पुलिसले यसअघि कोसी प्रदेश र विभागीय प्रतिस्पर्धी सशस्त्र प्रहरी बलको एपीएफलाई हराएको थियो ।

यसैगरी, आजै भएको अर्काे खेलमा रुकुम पश्चिम भलिबल क्लबले पुरुषतर्फको स्पर्धामा खिल्जी युवा क्लबविरुद्ध सोझै सेटमा जित निकाल्यो । रुकुमले पहिलो, दोस्रो र तेस्रो सेट क्रमशः २५–२२, २५–१८, २६–२४ ले आफ्नो पक्षमा पारेको हो ।

योसँगै रुकुमले आफ्नो अपराजित यात्रालाई लगातार तेस्रो खेलसम्म पनि कायम राखेको छ । यसअघि रुकुमले एपीएफ र कोसी प्रदेशलाई पराजित गरेको थियो ।

प्रकाशित समय : १८:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु