nmb bank

गृहपृष्ठ ऋतुराजको कप्तानी इनिङमा चेन्नईले गुजरातलाई दियो १५९ रनको लक्ष्य

ऋतुराजको कप्तानी इनिङमा चेन्नईले गुजरातलाई दियो १५९ रनको लक्ष्य

ऋतुराजको कप्तानी इनिङमा चेन्नईले गुजरातलाई दियो १५९ रनको लक्ष्य

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा चेन्नई सुपर किंग्सले गुजरात टाइटन्ससामु १५९ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।

आइतबार चेन्नईमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५८ रन जोड्यो।

चेन्नईका लागि कप्तान ऋतुराज गायकवाडले कप्तानी इनिङ्स खेल्दै सर्वाधिक ७४ रनको योगदान दिए। ६० बलको सामना गरेका उनले ६ चौका र ४ छक्का प्रहार गर्दै नटआउट रहे।

सुरुवाती चरणमा विकेट गुमे पनि गायकवाडले एकतर्फबाट इनिङ्स सम्हालेका थिए। अन्य ब्याटरहरूमा शिवम दुबेले २२ रन र जेमी ओभरटनले ६ बलमा विष्फोटक १८ रन जोड्नुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। सञ्जु सामसन ११ रनमा आउट भए भने सरफराज खान खाता नखोली पभिलियन फर्किए।

गुजरात टाइटन्सका बलरहरूले कसिलो बलिङ गर्दै चेन्नईलाई मध्यम योगफलमा रोक्न सफल भए। कागिसो रबाडाले ४ ओभरमा २५ रन खर्चेर महत्वपूर्ण ३ विकेट लिए। त्यस्तै, अर्शद खानले २ विकेट लिए भने मोहम्मद सिराज र मानव सुथारको नाममा १-१ विकेट रह्यो।

प्रकाशित समय : १८:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु