global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ आइसिसी विश्वकप क्रिकेट लिग–२: ओमानविरुद्धको खेलमा नेपालले बलिङ गर्दै

आइसिसी विश्वकप क्रिकेट लिग–२: ओमानविरुद्धको खेलमा नेपालले बलिङ गर्दै

आइसिसी विश्वकप क्रिकेट लिग–२: ओमानविरुद्धको खेलमा नेपालले बलिङ गर्दै

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै भएको टसमा ओमानका कप्तान जतिन्दर सिंहले घरेलु टोलीविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएसँगै नेपालले पहिला बलिङको निम्तो पाएको हो ।

नेपाल, युएई र ओमानबीचको एकदिवसीय शृङ्खलाअन्तर्गत नेपालको यो आज दोस्रो खेल हो । यसअघि भएको पहिलो खेलमा नेपालले युएईलाई हराएको थियो ।

यता ओमानले भने पहिलो खेलमा युएईसँग हार बेहोरेको छ । आज पनि सुरुआती लयलाई कायमै राख्दै जित निकल्ने उदेश्यका साथ नेपाल मैदानमा उत्रिएको छ । नेपालको प्लेइङ ११ मा कुश भुर्तेल, आसिफ शेख (विकेटकिपर), भीम सार्की, रोहितकुमार पौडेल (कप्तान), बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, मोहम्मद आरिफ शेख, गुलशनकुमार झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने छन् ।

प्रकाशित समय : १०:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु