nmb bank

गृहपृष्ठ सिटिजन्स बैंक २०औँ वर्षमा प्रवेश

सिटिजन्स बैंक २०औँ वर्षमा प्रवेश

सिटिजन्स बैंक २०औँ वर्षमा प्रवेश

काठमाडौं । सिटिजन्स बैंक २० औँ वर्षमा प्रवेश गरेको छ । २०६४ साल वैशाख ७ गते स्थापना भएको बैंक २० औँ वर्षमा प्रवेश गरेको हो ।

१९ वर्षको अवधिमा बैंकले २० लाख ११ हजार ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको जनाएको छ ।

सातवटै प्रदेशमा अवस्थित आफ्नै भवनमा प्रदेश कार्यालय सन्चालनका साथै २०० वटा शाखा मार्फत चालु आर्थिक बर्षको तेस्रो त्रैमास सम्ममा बैंकले कूल निक्षेप करिव २ खर्व १६ अर्व संकलन गरी कर्जा तर्फ १ खर्व ७७ अर्व परिचालन गरेको जनाएको छ ।

बैंकले १९औँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले ‘रक्तदान नै जीवनदान’ भन्ने नारालाई सार्थक बनाउँदै नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा सातवटै प्रदेशका कूल २० शाखाहरुबाट ५५० जना रक्तदाताको सहभागीतामा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।

प्रकाशित समय : १९:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु