गृहपृष्ठ डिश होमको इन्टरनेट तथा टेलिभिजन सेवामा तीन महिनाको बोनस अफर
डिश होमको इन्टरनेट तथा टेलिभिजन सेवामा तीन महिनाको बोनस अफर
काठमाडौं– ग्राहकमाझ लोकप्रिय डिश होमले नयाँ वर्ष २०८३ को अवसर पारेर आफ्ना ग्राहकका लागि वार्षिक अफर सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो इन्टरनेट तथा टेलिभिजन सेवामा बोनस–आधारित योजनाहरू सार्वजनिक गरेको हो ।
पछिल्लो समय बढ्दो सञ्चालन खर्च तथा पूर्वाधार विस्तारका कारण मूल्य संरचनामा सामान्य समायोजन गरे पनि ग्राहकलाई थप राहत दिन कम्पनीले अतिरिक्त सेवा अवधिको योजना ल्याएको जनाएको छ ।
कम्पनीका अनुसार यो योजना विशेषगरी वार्षिक नवीकरण बढाउने तथा निष्क्रिय ग्राहकलाई पुनः सक्रिय बनाउने उद्देश्यले ल्याइएको हो ।
डिश होम फाइबर नेटका पुराना ग्राहकले वार्षिक रिचार्ज गर्दा ५० एमबीपीएसदेखि ३०० एमबीपीएससम्मका प्याकेजमा १५ देखि ६० दिनसम्मको बोनस प्राप्त गर्नेछन् ।
यदि ग्राहकले सेवा बन्द हुनुभन्दा १५ दिन अगावै रिचार्ज गरेमा थप ३० दिन प्रि–डिस्कनेक्शन बोनस पाउने छन् । यसरी ग्राहकले कुल ४५ देखि ९० दिन (३ महिना) सम्मको अतिरिक्त इन्टरनेट सेवा निःशुल्क प्राप्त गर्न सक्ने छन् ।
त्यस्तै, ३० दिनभन्दा बढी समयदेखि सेवा बन्द रहेका ग्राहकले ५० एमबीपीएसदेखि ३०० एमबीपीएससम्मको कुनै पनि प्याकेज रिचार्ज गरेमा सिधै तीन महिनाको बोनस पाउने छन् । त्यस्ता ग्राहकका लागि ड्रप वायर तथा रिलोकेसन शुल्कसमेत निःशुल्क गरिएको कम्पनीको भनाइ छ ।
यसका साथै डिश होमको टेलिभिजन सेवा प्रयोग गर्ने ग्राहकका लागि पनि वार्षिक रिचार्जमा अफर ल्याइएको छ । नियमित र निष्क्रिय ग्राहकले वार्षिक रिचार्ज गर्दा दुई महिनाको बोनस पाउनेछन् । साथै, सेवा सकिनुभन्दा १५ दिन अगावै रिचार्ज गर्ने ग्राहकले थप एक महिना गरी कुल तीन महिनासम्मको बोनस प्राप्त गर्न सक्नेछन् । यो अफर इयरली मल्टि–टिभी प्याकेजहरूमा मात्र लागू हुनेछ ।
कम्पनीका अनुसार इन्टरनेट सेवाको रिचार्ज अफर १५ वैशाख २०८३ सम्म रहने छ । त्यस्तै, इन्टरनेटको नयाँ जडान अफर १ वैशाखदेखि ३१ वैशाख २०८३ सम्म तथा डीटीएचतर्फको अफर १ वैशाखदेखि ३२ असार २०८३ सम्म लागू हुनेछ ।
प्रकाशित समय : १९:०८ बजे



















