गृहपृष्ठ च्याटजीपीटीबाटै यात्राको योजना बनाउन सकिने याङ्गो राइडको नयाँ फिचर सार्वजनिक
च्याटजीपीटीबाटै यात्राको योजना बनाउन सकिने याङ्गो राइडको नयाँ फिचर सार्वजनिक
काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुप अन्तर्गतको राइड-हेलिङ सेवा ‘यंगो राइड’ ले च्याटजीपीटीसँगको सहकार्यमा नयाँ ‘इन-च्याट ट्रिप प्लानिङ’ फिचर सार्वजनिक गरेको छ।
यो सुविधासँगै अब प्रयोगकर्ताले च्याटजीपीटी भित्रैबाट आफ्नो रुट तय गर्ने र राइडको योजना बनाउने सुविधा पाउनेछन्।
दक्षिण एसिया, मध्य पूर्व, अफ्रिका र ल्याटिन अमेरिकाका २५ भन्दा बढी देशहरूमा एकैसाथ यो नयाँ अपडेट लागू गरिएको कम्पनीले जनाएको छ। च्याटजीपीटीसँगको यो एकीकरणले गर्दा प्रयोगकर्ताले अब एउटा एपबाट अर्को एपमा स्वीच नगरीकन नै आफ्नो यात्राको विवरण र भाडा दरबारे जानकारी लिन सक्नेछन्।
यस फिचरमार्फत प्रयोगकर्ताले छानिएको रुटको वास्तविक भाडा दर, वैकल्पिक मार्गहरूको तुलना, गाडी आइपुग्ने अनुमानित समय र गन्तव्यमा पुग्ने समय जस्ता विवरणहरू च्याटमै हेर्न पाउनेछन्। साथै, गाडी कुर्नुपर्ने समय घटाउनका लागि यसले उपयुक्त ‘पिकअप पोइन्ट’ समेत पहिचान गरिदिनेछ। च्याटजीपीटीमा सबै विवरण हेरिसकेपछि प्रयोगकर्ताले सिधै यंगो एप वा वेब भर्सनमा गएर सुरक्षित रूपमा बुकिङ सम्पन्न गर्न सक्नेछन्।
नयाँ प्रविधिले विशेषगरी पर्यटक, व्यवसायी र धेरै यात्रा गर्नेहरूका लागि झन्झटरहित अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ। रियल-टाइम ट्राफिक डाटा र स्मार्ट रुटिङ प्रविधिमा आधारित यो सेवा हाल च्याटजीपीटीको वेब इन्टरफेसका साथै एन्ड्रोइड र आईओएसका मोबाइल एपहरूमा पनि उपलब्ध भइसकेको छ।
प्रकाशित समय : १९:२८ बजे



















