nmb bank

गृहपृष्ठ भक्तपुरबाट ११ विचौलिया पक्राउ

भक्तपुरबाट ११ विचौलिया पक्राउ

भक्तपुरबाट ११ विचौलिया पक्राउ
भक्तपुर ।  भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरमा विचौलिया प्रवेश गरी कर्मचारीलाई काम गर्न अवरोध पुर्याएको भन्दै प्रहरीले आज ११ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले भक्तपुर नगरपालिका–१० स्थित भूमि सुधार तथा मालपोत कार्यालयबाट उनीहरुलाई आज पक्राउ गरिएको जानकारी दिए ।
लेखापढी व्यवसायी तथा भूमि सेवा व्यवसायीको नाममा कार्यालयभित्र प्रवेश गरी सेवाप्रवाहमा असर पु¥याउने कार्य गर्दै आएको कार्यालयबाट गुनासो आएपछि प्रहरी परिषर भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको उनले जानकारी दिए ।

प्रकाशित समय : २०:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु