global ime bank Long Banner Ad

गृहपृष्ठ भुजीखोला पुल निर्माण अनिश्चित

भुजीखोला पुल निर्माण अनिश्चित

भुजीखोला पुल निर्माण अनिश्चित

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिका–५ भएर बग्ने भुजीखोलामा निर्माणाधीन पुल निर्माण पूरा नहुँदै जीर्ण भएको छ ।

दश वर्ष अगाडि निर्माण सुरु भएको पुलका सबै पिलर खियाले खाइसकेको छ । पुलमा लगानी भएको रु दुई करोड माटोमा मिलेको ढोरपाटन–५ का शिवराज कँडेल गुनासो गरछन ।

सडक डिभिजन कार्यालयले पनि निर्माण कम्पनीले निर्धारित समयमा निर्माण नगरेपछि ठेक्का रद्द गरेको छ । कार्यालय प्रमुख हरिप्रसाद सुवेदीका अनुसार नयाँ ठेक्का र ‘डिजाइन’ परिवर्तनको ‘फाइल’ स्वीकृतिका निम्ति सङ्घीय सडक विभागमा पठाइएको छ ।

प्रकाशित समय : १३:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु