थप १५५ मा कोरोना पुष्टि, ५४० संक्रमणमुक्त, २ जनाको मृत्यु
वि.सं.२०७८ फागुन १४ शनिवार २२:३८
shares

पछिल्लो २४ घण्टामा नेपालमा १५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन विधिबाट ५ हजार १५२ जनामा गरिएको परीक्षणमा १५५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको हो ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट २ हजार २३९ जनामा परीक्षण गर्दा १०१ जना र एन्टिजेन विधिबाट २ हजार ९१३ जनामा परीक्षण गर्दा ५४ जनामा संक्रमण पुष्टि भएको हाे । त्यस्तै २४ घण्टायता निको हुनेको संख्या ५४० रहेको छ । सोही अवधिमा २ जनाको मृत्यु भएको मन्त्रालयकाे तथ्यांकमा उल्लेख छ ।
शनिबारसम्म सक्रिय संक्रमितको संख्या ८ हजार ८३९ रहेको छ ।

























