विश्वले रुसलाई जवाफदेही बनाउन सवक सिकाउने छ : बाइडेन
वि.सं.२०७८ फागुन १२ बिहीवार १५:४२
shares

अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वले रुसलाई जवाफदेही बनाउँदै सवक सिकाउने बताएका छन् । युक्रेनको पूर्वी भागमा सैन्य कारबाही गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको घोषणाका बारेमा प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।
बाइडेनले यसलाई ‘रुसी सैन्य बलद्वारा गरिएको अकारण र अनुचित आक्रमण’ भनेका छन् । पूरा विश्वको प्रार्थना युक्रेनका जनताको पक्षमा रहेको उनको भनाइ छ ।
बाइडेनले भनेका छन्, ‘राष्ट्रपति पुटिनले पूर्वनियोजित युद्ध रोजेका छन्, जसले जीवनको विनाशकारी क्षति र मानवीय पीडा ल्याउनेछ’, उनले थप भनेका छन्, ‘यस आक्रमणले ल्याउने मृत्यु र विनाशका लागि रुस एक्लै जिम्मेवार छ र संयुक्त राज्य अमेरिका र यसका सहयोगी र साझेदारहरूले एकजुट र निर्णायक रूपमा जवाफ दिनेछन् । विश्वले रुसलाई जवाफदेही बनाउनेछ ।’
रुसले युक्रेनमा सैन्य कारबाही सुरु गर्ने घोषणा गरेको छ ।

























