काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

युक्रेनी र रुसी फौजबीचको युद्ध ‘अवश्यम्भावी’, पुटिनकाे सैन्य कारबाही सुरू, राजधानीमा विष्फोट

10.12K
shares

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी र रुसी फौजबीचको युद्ध ‘अवश्यम्भावी’ भएको बताएका छन् । ‘न्याय र सत्य’को पक्षमा रुस रहेको भन्दै उनले कसैले रुसमाथि आक्रमण गर्ने प्रयास गरे मस्काेले तत्काल जवाफ दिने पनि बताएका छन् ।

आजमात्रै रुसले युक्रेनमा सैन्य कारबाही सुरु गर्ने घोषणा गरेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा युक्रेन संकटबारे छलफल चलिरहेको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कारबाहीको घोषणा गरेका हुन् । पुटिनले टेलिभिजन सम्बोधनको क्रममा डोनबास क्षेत्रमा विशेष सैन्य अभियान सुरु भएको घोषणा गरेको बीबीसीले जनाएको छ ।

यसैबीच राजधानी किभ र डोनेट्स्क क्षेत्रमा ठूला विष्फोटको आवाज सुनिएको बीबीसीले उल्लेख गरेको छ ।