थप ३१२ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु
वि.सं.२०७८ फागुन ११ बुधवार २२:५९
shares

पछिल्लो २४ घण्टामा देशभर ३ सय १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ६ सय ९३ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सो अवधिमा काठमाडौंमा ६७ तथा ललितपुर र भक्तपुरमा १०-१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सो अवधिमा ९ सय ११ जना निको भएका छन् २ जनाको मृत्यु भएको छ। हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन् ।

























