बिहीबार बस्ने संसद् बैठकमा एमसीसीमाथि छलफल हुँदै
वि.सं.२०७८ फागुन ११ बुधवार २२:५९
shares

नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतासम्बन्धी प्रस्तावमाथि संसदमा बिहीबारदेखि छलफल प्रारम्भ हुने भएको छ ।
प्रतिनिधिसभाको बिहीबार दिउँसो १ बजे बस्ने बैठकमा सो प्रस्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूची तय भएको संघीय संसद्का प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए ।
यसैगरी बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले 'महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७-७८' पेश गर्ने कार्यसूची तय गरिएको छ ।

























