गरिमा विकास बैंकका ग्राहकलाई बजेट पसल डट कमबाट सामान खरिद गर्दा विशेष छुट पाउने
वि.सं.२०७८ फागुन ११ बुधवार २२:११
shares

गरिमा विकास बैंक लिमिटेडले समयानुकुल आफ्ना ग्राहकवर्गका लागि विभिन्न छुट सम्बन्धि सम्झौता गर्दै आइरहेको छ । यसलाइ नै निरन्तरता दिँदै यस बैंकले इ-कमर्श साइट बजेट पसल डट कमसँग सामान खरिदमा ५% छुटको लागि सम्झौता गरेको छ ।
सम्झौता अनुसार यस बैंकका ग्राहकले बजेट पसल डट कमको अनलाइनबाट ३ हजारभन्दा माथिका दैनिक उपभोग्य तथा इलेक्ट्रोनिक्स सामान खरिद गरी यस बैंकको मोबाइल बैकिङ तथा डेविट कार्डबाट भुक्तानी गर्दा तत्काल ५% छुट प्राप्त गर्न सक्नेछन् ।
साथै, यस बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न मोबाइल बैकिङ, इन्टरनेट बैकिङ, क्यूआर कोड, अनलाइन खाता खोल्ने, स्मार्ट टेलर लगायतका सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

























