नेप्से दोहोरो अंकले घट्यो
वि.सं.२०७८ फागुन ११ बुधवार २१:५५
shares

सेयर बजार सूचक मापक नेप्से साताको चौथो कारोबार दिन बुधबार दोहोरो अंकले घटेको छ । सोमबार र मंगलबार दोहोरो अंकले बढेको बजार बुधबार दोहोरै अंकले ओरालो लागेको हो ।
नेपाल स्टक एक्सचेञ्जका (नेप्से)का अनुसार बुधबार सूचक १५.५० अंक अर्थात ०.५७ प्रतिशतले घटेर २७२०.४३ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीहरुको कारोबार सूचक सेन्सेटिभ इन्डेक्स ५.२२ अंकले घटेर ५१७.९३ बिन्दुमा झरेको छ ।
यसदिन ३ अर्ब १३ करोड १२ लाख १० हजार २८२ रूपैयाँ बराबरको कारोबार भएको छ । कूल २२८ वटा कम्पनीको ६२ लाख ४७ हजार ७७४ कित्ता सेयर ४८ हजार ९११ वटा संख्यामा खरिद बिक्री भएको नेप्सेले जनाएको छ ।
कारोबारमा आएका कूल १३ उपसमूहगत सूचकमध्ये हाइड्रोपावर १.०७ र आज म्यूचूअल फण्ड ०.८४ अंकले बढेको छ भने बाँकी ११ उपसमुहगत सूचक घटेको छ । अन्य सर्वाधिक २ प्रतिशत घटेको यसदिनको बजारमा ब्यापार, होटल, उत्पादन तथा प्रशोधनमुलक सूचकमा १ प्रतिशत धेरै गिरावट देखिएको छ ।

























