प्रदेश नं १ काे प्रदेश सभा बैठक फागुन १५ गते
वि.सं.२०७८ फागुन १० मंगलवार १५:४३
shares

प्रदेश नं १ प्रदेश सभाको बैठक फागुन १५ गतेदेखि सुरु हुने प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिएका छन् । फागुन १५ गते दिन दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश सभाको नामकरणको विषय प्रस्ताव हुनसक्ने अनुमान गरिएको छ ।
सरकारले प्रदेश सभामा पेश गर्ने कुनै पनि बिजनेश नभएका कारण प्रदेश सभाको बैठक लामो समयदेखि स्थगन भएको थियो । अबको नियमति बैठकमा सरकारले कानुन संशोधनका प्रस्ताव ल्याउन सक्ने अनुमान छ ।
गएको मंसिर १ गते मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत लिएपछि बैठक अर्को सूचना जारी नभएसम्म स्थगन भएको सभामुख प्रदीपकुमार भण्डारीले घाेषणा गरेका थिए ।

























