काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जिल्ला छोड्दा प्रजिअको अनुमति लिनुपर्ने

8.57K
shares

हुम्ला जिल्लास्थित सरकारी कार्यालयका प्रमुखले जिल्ला छाड्नुपरे अनिर्वाय रूपमा प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने भएको छ । कार्यालय प्रमुखहरू धेरै जनाले जिल्ला छाड्दा आफूखुशी जाने र गयलसमेत देखिएपछि प्रमुख जिल्ला अधिकारी सीता परियारले उक्त निर्देशन दिएकी हुन् ।

हुम्लामा सरुवा भएर जिल्ला आएको पहिलो दिन नै कार्यालय प्रमुखहरूसँगको छलफल कार्यक्रममा प्रजिअ परियारले लिखितरूपमा कार्यालय प्रमुखले जिल्ला छाड्दा अनिवार्य रूपमा प्रजिअको अनुमति लिनुपर्ने निर्णय गराएकी हुन् ।

निर्वाचन नजिकिएकाले पनि कर्मचारीकाे विवरण माग्नुपर्ने र धेरै कार्यालय प्रमुख आफूखुसी जिल्ला छाड्दा हाजिरीमासमेत धेरै गयल देखिएपछि यस्तो निर्णय गरिएको हो । जिल्लास्थित सबै सरकारी कार्यालयले कूल दरबन्दी संख्या, पदपूर्ति संख्या, रिक्त पद संख्या र करारमा रहेको विवरण खुल्ने गरी तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा पठाउनुपर्नेछ ।

सरकारी कार्यालयका कार्यालय प्रमुख र सूचना अधिकारीले अनिवार्य रूपमा सरकारी नम्बर रहेको मोबाइल प्रयोग गर्नुपर्ने भएकाे छ । यस्तै कार्यालयको वेबसाइट र फेसबुक नियमित सञ्चालन गर्नुपर्ने र त्यसमा कार्यालयद्वारा सम्पादन गरिने गतिविधि अद्यावधिक गर्नुपर्ने निर्देशन प्रजिअ परियारले दिएकी छन् । त्रैमासिक रूपमा तयार गरिएका गतिविधि सबै कार्यालयले अनिवार्य रूपमा सात दिनभित्र प्रशासनमा पेश गर्नुपर्ने समेत निर्देशनानुसार निर्णय भएको छ ।

जिल्लामा उपलब्ध कार्यालय प्रमुखहरू छलफलमा सहभागि थिए । प्रजिअ परियार सोमबार हुम्ला आइपुगेकी हुन् ।