काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा ३२ विद्यालय छनोट

19.97K
shares

लमजुङमा ३२ विद्यालयलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानवस्रोत विकास केन्द्रका अनुसार छनोट परेका विद्यालयले ६ करोड २१ लाख अनुदान पाउने छन् । जिल्लाका छनोटमा परेका विद्यालयमध्ये बेँसीशहर नगरपालिकामा छ, सुन्दरबजार नगरपालिकामा पाँच, मध्यनेपाल नगरपालिकामा चार, राइनास नगरपालिकामा आठ, दोर्दी गाउँपालिकाका पाँच, दूधपोखरी गाउँपालिकामा एक र मस्रयाङदी गाउँपालिकामा ३ विद्यालय छनोट भएका छन् ।

क्व्होलासोथर गाउँपालिकाका विद्यालय भने छनोटमा नपरेका बताएको छ । ती विद्यालयमा दुई कोठे र चार कोठे निर्माण, प्रयोगशाला स्थापना, आइसिटीका लागि बजेट विनियोजन भएको छ । आइसिटीका लागि ६ लाख ५० हजार रुपैयाँ, दुई कोठे भवनका लागि १८ लाख, चार कोठे भवनका लागि ३६ लाख, प्रयोगशालाका लागि १० लाख  बजेट विनियोजन भएको छ ।