काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘खल्ती’मार्फत ब्लुबुक नवीकरण शुल्क तिर्न सहज

10.44K
shares

नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक 'खल्ती'ले आफ्ना निजी सवारी साधन भएका प्रयोगकर्ताहरुको लागि खल्ती डिजिटल वालेट प्रयोग गरी ब्लुबुक नवीकरण शुल्क तिर्ने सुविधा ल्याएको गरेको छ ।

आफ्नो ब्लुबुकको शुल्क बिना कुनै झन्झट अनलाइनबाटै बेलैमा तिर्न मिल्ने गरी खल्तीले आफ्नो एपमार्फत यो सेवा प्रदान गर्न सुरु गरेको हो । अहिले बागमती प्रदेशका खल्ती प्रयोगकर्ताहरुले यस सेवाको लाभ उठाउन सक्ने भए तापनि आगामी दिनमा यो सुविधा देशभरी उपलब्ध गराइने खल्तीले जनाएकाे छ ।

प्रयोगकर्ताहरुले भुक्तानी गर्नुपूर्व सर्वप्रथम आफ्नो सवारीको सम्पूर्ण आवश्यक विवरणहरू अनलाइन भेहिकल रजिष्ट्रेसन सिस्टम (भीआरएस)मा दर्ता गर्नुपर्ने हुन्छ । यो कार्य नागरिक एप या यातायात व्यवस्थापन सूचना प्रणालीको वेबसाइटमार्फत सहजै गर्न सकिन्छ । यसरी गरिएको दर्ता नेपाल सरकारद्वारा मान्यता प्राप्त हुन्छ ।

एक पटक दर्ता प्रक्रिया पूरा भएपछि प्रयोगकर्ताहरूले निम्न चरणहरू प्रयोग गरेर ब्लुबुक नवीकरण गर्न सक्छन्:

• खल्ती एपभित्र भएको गभर्मेनट सर्भिसेसमा रहेको 'ब्लुबुक रिन्यु'मा नवीकरणमा ट्याप गर्ने ।
• आवश्यक विवरणहरू भर्नुहोस् र भुक्तानी गर्न अगाडि बढ्ने ।

नयाँ प्रयोगकर्ता या पहिलोपटक यो सेवा प्रयोग गर्न लागेका व्यक्तिलाई कुनै अन्योल नहोस् भनेर स्याम्पल बिल पनि एपमै उपलब्ध गराइएको छ । भुक्तानी गर्न साथ आफूले नवीकरण गरेको ब्लुबुकको बिल तुरुन्तै Khalti मा प्राप्त हुनेछ भने VRS द्वारा उपलव्ध गराइने बिल प्रयोगकर्ताहरुले १० मिनेटमा खल्तीबाटै प्राप्त गर्नेछन्  । खल्ती होमपेजको ट्रान्ज्याक्शनमा गई दुवै बिल प्राप्त गर्न सकिन्छ । थप प्रक्रियाको लागि तपाईले ३० दिनभित्र सम्बन्धित सरकारी कार्यालयमा गई प्राप्त औपचारिक बिल पेश गर्नु पर्नेछ ।